Logo

राजनीति

गाईजात्रा बन्द गर्नुहोस्: अध्यक्ष थापा



नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र चर्किरहेको आन्तरिक विवादका कारण अहिले सरकारको पनि चर्को चोतार्फी आलोचना भैरहेको छ । कहिले प्रधानमन्त्री र राष्ट्रपतिसँगको साठगाँठसँग जोडेर त कहिले दाहालसँगको विवादलाई लिएर चर्कै बहस हुने गरेको पाइन्छ । पछिल्लो समय राष्ट्रपतिले जारी गरेको अध्यादेशलाई फिर्ता गरिसकेपछि सामान्य देखि दलका नेताहरुले समेत बिभिन्न टिप्पणी र आलोचना गर्ने गरेका छन् ।  

यसैबीच पूर्वउपप्रधानमन्त्री तथा ‘राप्रपा’ नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेकपा पार्टीका दुवै अध्यक्ष मिलेर गाइजात्राको खेल खेलेको, लोकतन्त्र तथा गणतन्त्रको धज्जी उडाएको भन्दै टिप्पणी गरेका छन् ।  

थापाले आफ्नो ट्वीटरमा  “अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस्, हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्, हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो, कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्”। भनि पोस्ट गरेका छन् । Capture.JPG

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ११:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।