Logo

सवारीसाधनमा लगाईएको जोर बिजोर प्रणाली हट्ला त ? व्यवसायी र मजदुरहरु भन्छन् ३ गते बाट जोर बिजोर मान्दैनौं



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि सार्बजनिक तथा निजी यातायात सेवा लामो समयसम्म ठप्प नै रह्यो । पछिल्लो समय सरकारले सार्बजनिक यातायातमा जोर बिजोर लागु गरेर चल्न दिएको थियो ।

हाल उपत्यकामा अझैपनि जोर बिजोर लागु रहेको र दैनिक सयौं सबारी साधन ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पुस ३ गतेदेखि एकतर्फी रूपमा जोर बिजोर हटाउने घोषणा गरेका छन् । गत मङ्सिर ३० गते व्यवसायी र मजदुरहरुले सयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै आगामी पुस ३ गतेबाट जोर बिजोर प्रणाली नमान्ने र जोर बिजोरले गर्दा सवारीसाधनमा यात्रुको चाप बढेको र झनै संक्रमित बढ्ने गरेको भएर खोल्न लागिएको बताईएको छ ।  

यातायात-प्रेस-विज्ञप्ति.jpeg 

चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी, भदौ ३ गतेदेखिको निषेधाज्ञा र असोज १ गतेदेखिको जोर बिजोर प्रणालीले यातायात व्यवसाय धराशायी भएकोले उक्त निर्णय गरिएको बताइएको छ ।

यसअघि सबै सवारी साधन सञ्चालनको वातावरण बनाउन सरकारलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उल्लेख छ ।

 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।