Logo

राजनीति

अध्यादेशबारे कुनै छलफल नै नभई मन्त्रिपरिषद् बैठक सम्पन्न



संबैधानिक परिषद सम्बन्धी अध्यादेशबारे कुनै छलफल नै नभई मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले विवादास्पद अध्यादेश फिर्ता लिने आशा गरिएको थियो ।

आज (विहीबार) नियमित साप्ताहिक बैठक बसेको र बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको स्रोतले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिवलाई बैठक सुरु गर्न भनेसँगै बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको बताइएको छ ।

जानकारी अनुसार करिब एक घण्टासम्म बसेको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक परिस्थितबारे मन्त्रीहरुलाई केही पनि ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने बाचा ब्यक्त गर्नुभएको थियो । तर, अध्यादेश फिर्ता नै नलिई बिहीबार पुनः परिषदको बैठक डाकिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको थियो । अध्यादेशबारे मन्त्रिपरिषदको यो मौनताले सत्तारुढ नेकपाभित्र थप किचलो पैदा हुने स्थिति देखिएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार २२:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।