Logo

राजनीति

बन्द होटल र सार्वजनिक संरचना क्वारेन्टाइनमा रुपान्तरण गरिने (भिडियाे)



कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बन्द भएका होटल र खाली सरकारी संरचनालाई क्वारेन्टाइनमा रुपान्तरण गरी विदेशमा अलपत्र नागरिक ल्याउने तयारी थालेको छ ।

देशको कुल जनसंख्याको कम्तिमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परिक्षण विस्तारमा लागेको सरकारले सातै प्रदेशका २० भन्दा बढी स्थानमा परिक्षण प्रयोगशाला स्थापना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् ।

कम्तिमा तीन लाख नागरिकको कोरोना परिक्षण हुनेछ भने विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काई होटल तथा सरकारी संरचनामा स्थापित क्वारेन्टाइनमा राखी परिक्षण गरिनेछ ।

दक्षिण एसीयामा नै नेपालको अवस्था हालसम्म सन्तोषजनक रहेको जानकारी दिएका प्रधानमन्त्री ओलीले भने,‘छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको छ । उहाँहरु परीक्षणमा आउनुपर्छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार ०९:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।