संसद विघटनको विरोधमा रौतहटमा सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत दम्भका कारण असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै उनीहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी गरेका थिए ।
नेकपाका जिल्ला तथा केन्द्रीय स्तरिय नेता , युवा संघ तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधीहरु सहितका नेकपाका कार्यकर्ताहरुको सहभागीतामा भएको सो प्रदर्शनमा प्रदर्शनकारीले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक र जनमतको विरुद्धमा भएकाले सो फिर्ता हुनुपर्ने माग गरेका थिए । उनीहरुले रौतहट जिल्लाको सदरमुकाम गौर र चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेका थिए ।
पार्टी र व्यक्तिभन्दा देश ठुलो भएकाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमले देशलाई नोक्सान पु¥याउने भन्दै सो कदमको विरोधमा सडकमा उत्रिएको युवासंघका जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । उनले सरकारको असंवैधानिक कदमलाई खबरदारी स्वरुप गरिएको प्रदर्शनलाई सरकार र प्रधानमन्त्रीले चेतावनीको रुपमा बुभ्mन आग्रह गर्दै अटेर गरे जनआन्दोलनको आँधीबेरीले प्रधानमन्त्रीको शक्ति अनि सत्ता उडाएर लैजाने चेतावनी दिए ।
प्रदर्शन सांकेतिक मात्र भएको र आगामि प्रधानमन्त्रीको प्रतिगामी कदम विरुद्धको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बारेम थप छलफ गर्ने विद्यार्थी नेता चेत बोलखेले बताए ।





















प्रतिक्रिया