Logo

राजनीति

प्रचण्डलाई शंकर पोखरेलको यस्तो जवाफ



नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि आरोप प्रत्यारोप चलेको छ । हिजो सार्वजनिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको बोलेपछि आरोप प्रत्यारोप चलेको हो ।

प्रचण्डले ओलीमाथि आफ्ना युवाहरुलाई लगाएर नेकपा एमाले दर्ता गर्न लगाएको आरोप लगाएका थिए । उनले ओलीमाथि घुमाउरो पाराले नेकपा फुटाउन खोजेको आरोप समेत लगाए ।

प्रचण्डले कालापानीको विषयमा आफूले विशेष भूमिका खेलेको समेत बताए । नेपालको नयाँ नक्शामा कालापानीलगायतका भू-भाग समेटेर नक्शा जारी गरेकोमा आफ्नो भूमिका स्थापित गर्न खोजेको भन्दै ओली निकटस्थहरुले प्रचण्डलाई कडा जवाफ दिएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओली निकट नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डलाई व्यङ्ग्य गर्दै फेसबुकमा कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको र आफू प्रधानमन्त्री हुँदा कसरी थाहा नपाएको भनी प्रश्न गरेका छन् । उनले प्रचण्डको नाम उल्लेख नगरी आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थहा नपाउनेले अहिले मंले हो भन्न कसरी सकेको भनी प्रश्न गरे ।

शंकर पोखलले ट्वीटरमा लेखेका छन् : कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा था नपाउनेले अहिले उहाँले होइन मैंले हो भन्न कसरी सकेको ?

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार ११:०३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।