Logo

राजनीति

देउवा गरेका मनोनयको वहिष्कार, प्यूठानका पूर्व जिल्ला सभापति केसीले गरे विभागमा नबस्ने घोषणा



विवादका बीचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न विभागमा गरेको मनोनयन वहिष्कार गर्ने क्रम सुरु भएको छ । महाधिवेशनको दुई महिना भित्र गर्नु पर्ने विभाग विस्तार महाधिवेशनको मुखमा गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा १२ जना प्रभावशाली केन्द्रीय सदस्यहरुले आपत्ती जनाइरहेका छन् ।

तर सभापति देउवा पार्टी भित्रको एउटा तप्काको आवाजलाई उपेक्षा गर्दै गठन गरेको विभागमा नबस्ने घोषणा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुले गर्न थालेका छन् । सभापती देउवाद्वारा निर्माण व्यवसायी समन्वय विभागमा सदस्य पदमा मनोनित प्यूठानका पूर्व जिल्ला सभापति सुवास केसीले विभागमा नबस्ने घोषणा गरेका छन् ।

उनले विज्ञप्ती निकाल्ने सभातिले गरेको मनोनयनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महाधिवेशनको सङ्घारमै भएको र विधानमा नभएको विभागको सदस्यमा आफुलाई अनुपयुक्त महसुस गरि सो विभागमा नरहने बताएका छन् ।

पूर्व सभापति केसीले आफुमाथि पार्टी सभापति देउवाले देखाएको सदासयता प्रति हार्दिक आभार व्यक्त गर्दै काँग्रेसको विचार प्रवाह र संगठन निर्माणमा निरन्तर निष्ठावान कार्यकर्ताको हैसियतले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।