प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीको कन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगलाई दिएको छ ।
केन्द्रीय कमिटी बैठक चलिरहँदा आयोगमा केन्द्रीय कमिटी पुनर्गठनको सूचना पुगेको हो । पार्टीले विधान संशोधनलगायतका निर्णयहरु निर्वाचन आयोगलाई जानकारी दिइसकेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमा पत्र दर्ता भएको जानकारी दिए ।





















प्रतिक्रिया