प्रधानमन्त्री केपी ओलीको रणनीतिले नेकपाभित्रको विवाद समाधानको बाटोमा अगाडि बढेको छ । पार्टीले सरकार चलाउनुपर्छ भन्ने प्रचण्डको मागको विषयमा ओली सकारात्मक बन्दै अबदेखि पार्टी बैठकको अध्यक्षता गर्न दिने र अर्ली महाधिवेशनमा सघाउने आश्वाशन पाएपछि प्रचण्डले राजीनामाको रटान छाडेको बुझिएको छ।
अब ओलीले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रसंग सकिएको छ।कोरोको महामारीको बीचमा पनि नेकपाको कुर्सीको झगडाले राजनीतिक एकाएक तात्न पुगेको थियो ।आफूहरूले विगतमा पनि राजीनामालाई प्रमुख मुद्दा नबनाएको उल्लेख गर्दै प्रचण्डले विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लैजाने बताएका थिए।
बुधबार साँझ एपी वान टेलिभिजनमा प्रसारित द ब्रेभ डेल्टा सो कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिन नपर्ने बताएका थिए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि पार्टीमा देखिएको विवाद पाँचदिन भित्र समाधान हुने दावी गरेका थिए ।
प्रचण्डको कुराले पनि उनीहरूबीचमा पदको लेनदेनमा कुरा मिलिसकेको र केन्द्रीय कमिटी बैठकले औपचारी घोषण गर्नमात्र बाँकी रहेको बुझिन्छ ।उनको यो भनाइ पछि राजीनामा माग्दै हिडेका अर्का बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि अचम्मित भएका छन् ।
केन्द्रीय कमिटी बैठकले सहमतिलाइ अनुमोदन गर्दै महाधिवेशनको तयारीको खाका बनाउने प्रचण्डको भनाइ थियो।साउन २९ गते प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको भेटेले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलले पनि उनीहरूबीच भएको सहमति बमोजिम नै बुँदागत रूपमा खाका तयार गरेको छ।
सहमतिको रेखा कोरिएको बेला अब प्रधानमन्त्री ओली राजनीतिक नियुक्ति मनपरी गर्न नहुने,विवादित र बिचौलियालाई नियुक्ति दिन नहुने प्रचण्डको धारणा छ ।
















प्रतिक्रिया