नेकपा ओली समुहका नेता टोपवहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीको कदम वाध्यात्मक अवस्थाको उपज भएको बताएकाछन् । रिर्पोटर्स नेपालको साक्षात्कार कार्यक्रममा नेता रायमाझीले प्रधानमन्त्री ओलीले ससदको विघटन गर्नु संवैधानिक अधिकार भएकोले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीको प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भई नया चुनावको मिति पनि घोषणा भइसकेकोले सवै चुनाव केन्द्रित हुनपर्ने बताएकाछन । संसद विघटन सम्बन्धी सर्वोच्चमा मुद्धा विचराधीन रहेको र अदालतले दिने फैलसालाई स्वीकार गरेर अधि बढ्ने बताए ।
अदालतले आफ्नो समूहको पक्षमा फैसला गर्ने र चुनाव गर्ने र सूर्य चुनाव चिन्ह आफुहरुले पाउने उनको जिकिर थियो ।
पूर्व माओवादी खेमामा डा.वावुराम भट्टराई निकट मानिने रायमाझी नयाँ शक्ति पार्टी घोषणासंगै दाहाल निकट भएकाथिए । उनी दाहाल-नेपाल समूहमै रहने अनुमान गरिएपनि मंगलबार वालुवाटारमा केपी ओली समुहको वैठकमा सहभागी भएका थिए । रायमाझीसंगै पूर्व माओवादी खेमावाट उद्योगमन्त्री लेखराज भट्ट र मणि थापा वालुवाटार बैठकमा सहभागी थिए ।





















प्रतिक्रिया