प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजा आऊ देश बचाऊको नारा लागिरहेको अवस्थामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन नसकिने बताएका छन् ।
आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा केही समयअगाडि काठमाडौंलगायत देशका विभिन्न सहरमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै भएको प्रदर्शनतर्फ संकेत गर्दै यस्तो बेला पृथ्वीनारायणको शालिकमा माला लगाउन नसकिने बताए । उनले नेपालको एकीकरणको बिषय निकै पुरानो भइसकेको समेत बताए ।
यस्तै, कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै सडकबाट दवाव दिन नहुने समेत बताए । उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने जिकिर गरे ।
त्यस्तै कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कही पनि विघटन गर्ने ठाउ नै नराखिएको भन्दै पार्टी काँग्रेस संसद पुर्नस्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने जिकिर गरे ।
कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति देउवालाई आग्रह गरेका थिए ।




















प्रतिक्रिया