काभ्रेको धुलिखेल नगरपालिका स्थित विपी राजमार्गमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा झापाको तोपगाछी–७ का ४२ वर्षका खड्गनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया