Logo

समाचार

सुकुमवासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत उनले सुकुमवासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे । उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमवासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’

उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए । ‘माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन् ।

साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १४:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।