Logo

राजनीति

मन्त्रीपरिषद बैठकले टुंग्याउन सकेन भावी आईजिपी, भोलि बिहान फेरि बैठक बस्ने



सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको भावी आईजिपीको टुंगो लगाउन नसकेपछि भोलि (मंगलबार) बिहान पुनः मन्त्रीपरिषद बैठक बसेर भावी आइजिपीको टुंगो लगाउने तयारी सरकारले गरेको छ ।

३० बर्षे सेवा हदका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोलि (मंगलबार) अनिवार्य अवकाश पाउँदै छन । खनालसँगै एआईजिपीहरू पनि अवकाशमा जाने भएकोले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने छ । डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सुर्य उपाध्याय महानिरीक्षकको दौडमा छन ।

वरिष्ठताका आधारमा आईजिपी नियुक्त भएमा ज्ञवालीले बाजि मार्ने छन । भने उपाध्यायको सम्भावना कमजोर रहेको बताइन्छ । ज्ञवाली र लम्साल भन्दा ढिलो बढुवा पाएकोले पनि उपाध्यायको सम्भावना कमजोर रहेको मानिदां लम्साल वा ज्ञवाली नै आईजिपी हुनेछन । ज्ञवाली गृहमन्त्री र प्रधानमन्त्रीको समेत रोजाइमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १६:५९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।