बरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अब प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नै स्वयम आफ्नो सरकार ढाल्ने षड्यन्त्र भएको भनेर सार्वजनिक रुपमा बोलेको सुनाउँदै घिमिरेले भने,‘केपी ओलीको सरकार ढाल्ने षड्यन्त्र त शेरबहादुर देउवाले त गर्दैनन्, यो त नेकपाभित्रैबाट भएको छ । प्रचण्डले प्रधानमन्त्रीको लागि ओलीलाई टक्कर दिन सक्नुभएन भने वामदेव गौतम आउनुभयो भने प्रचण्डले सहयोग गर्नुहुन्छ ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारले तान्ने भएको हुँदा उनले पाँच वर्ष नै सरकार चलाउन नपाउने घिमिरेको दाबी छ । उनले भने,‘नेपाल ट्रष्टको सम्पत्ति छानबिन गरियो भने त्यसमै ओली जान्छन् । यो प्रकरणमा छानबिन हुन्छ । जनदबाबलाई कसैले पनि थेक्न सक्दैन् ।’
















प्रतिक्रिया