Logo

प्रमुख समाचार

प्रदेशको राजधानीलाई लिएर दुई नेताबीच लफडा



दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गराएर स्वास्थ लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थस्थिति बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सत्तारूढ दल नेपालष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिच प्रदेश ५ को स्थायी राजधानीलाई लिएर बहस (लफडा) नै भएको सार्वजनिक भएको छ ।

प्रदेश ५ को राजधानीको बिषयलाई लिएर सत्तारूढ नेकपामा ठूलो विवाद छ । मुख्यमन्त्री पोखरेल प्रदेशको स्थायी राजधानी दाङ हुनुपर्ने पक्षमा छन् भने पार्टी महासचिव पौडेल बुटवलको पक्षमा दृढता पुर्वक लागेका छन् ।

प्रधानमन्त्री ओलीको समर्थन महासचिव पौडेललाई रहेको विश्वास गरिन्छ । नेकपा भित्रको आन्तरिक विवादकै कारण प्रदेश ५ ले नाम र स्थायी राजधानीको टुंगो लगाउन सकेको छैन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।