प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले वर्तमान सरकारले अध्यादेश मार्फत ल्याएको राजनीतिक दल परित्याग एंव संवैधानिक परिषद सम्बन्धि अध्यादेश तुरुन्त फिर्ता लिन अन्यथा सरकारको यो कपटपूर्ण कार्यको विरुद्ध सामाजिक दुरि कायम गरि सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छिन् ।
सांसद संग्रौलाले देशमा सम्पूर्ण जनता कोरोना महामारीको गम्भीर जोखिममा रहेको राष्ट्रिय संकटको अवस्थामा सबै राजनैतिक दलहरू एकढिक्का भई सहमति, सहकार्य, साझेदारी र राष्ट्रिय एकताका साथ इमान्दारी पूर्वक जनतको जीवन रक्षामा केन्द्रित हुनुपर्ने अवस्थामा देश एकातिर महामारीका कारण देश आन्तरिक र बाह्य लकडाउनमा रहेको मौका छोपी अप्रत्याशित रूपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदले वर्तमान संविधानको व्यवस्था र भावना विपरीत जारी गरेको समेत उनको ठहर छ ।
अध्यादेश जारी गर्दा देशको भयावह अवस्थालाई समेत नजरअन्दाज गरि प्रमाणीकरण गरेको अवस्थालाई हेर्दा यो कदम ‘एक तिर अनेक निशाना’ जस्तो देखिएको समेत सांसद संग्रौलाको ठहर छ । सरकारको यस्तो क्रियाकलापले देशको लोकतान्त्रिक व्यवस्थालाई नै खत्तम पार्ने षड्यन्त्रको रूपमा आएको समेत उनको ठहर छ ।
संविधानवाद एंव लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध भएको शृङ्खलावद्व आक्रमणको सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरू एक हुँदै सरकारको अधिनायकवादी शैली विरुद्ध सम्पूर्ण नेपाली नागरिकले अर्को संघर्षको लागि तयार रहनको लागि तयार रहँदै तत्कालका लागि कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा समेत जुट्न आग्रह सांसद संग्रौलाको आग्रह छ ।
















प्रतिक्रिया