राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र कायम गर्ने लक्ष्यसहित राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएका छन् । गणतान्त्रिक दलहरु आपसमा भिड्दै एक अर्काविरुद्ध सडकमा शक्ति देखाई रहेकाबेला राजसंस्था पक्षधर शक्तिहरु पनि सडकमा आउन थालेका हुन् ।
यही फागुन ८ गते काठमाडौ माइतीघरमा जम्मा भइ नयाँ बानेश्वरसम्म र्याली जुलुससहित आमसभा गर्ने योजना रहेको शिव सेना नेपालका सह संयोजक एवम जनप्रदर्शनका लागि कमाण्डरको रुपमा काम गरिरहेका दिनेश कँडेल बताउँछन् ।
कँडेलका अनुसार प्रदर्शनमा देशभक्त तथा राष्ट्रवादी सबैलाई सहभागी हुन खुल्ला आह्वान गरिएको छ । उनी भन्छन्, ‘ हामी यी राजनीतिक दलहरुले जस्तो पैसा बाँडेर मान्छे ओसार्दैनौ । यसरी मान्छे ल्याएर भीड देखाएर के काम ? यसरी बोकेर ल्याएका मान्छेलाई राजनीतिक बिचार, सिद्धान्त के थाहा ? उनीहरु त बिचार कोही डरले कोही प्रलोभनमा परेर आएका हुन्छन् । हामीसंग दशौं हजार बिचारवान नयाँ अनुहारहरु हुनेछन् । जसले यो देशलाई चिनेको छ, जसले यो देशलाई माया गर्छ, हामी त्यस्ता युवाहरुलाई सडकमा ल्याउँदैछौं । ’
‘अहिलेको प्रर्दशन विशाल आन्दोलनको झल्को मात्र हो । हामी पहिला जनतालाई यो देशमा राजसंस्था र हिन्दु राज्य किन जरुरी छ भन्ने बुझाउँछौं । २०६२/०६३ सालको जनआन्दोलन नै विदेशीको डिजाइनमा भएको हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता भन्ने एजेण्डा नेपालीका होइनन् । यी विदेशीले थोपरि दिएका हुन् । अब नेपाली जनताले यी दल र नेता नामका एजेन्टहरुका कर्तुत बुझिसके । अब परिवर्तन चाँडै हुन्छ । ’ कँडेल भन्छन् ।
विस्तृत भिडियोमा :



















प्रतिक्रिया