Logo

प्रमुख समाचार

आईओएमको डिनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या शाह नियुक्त



त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि डा. शाहसँगै अन्य दुई जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस लगत्तै बुधबार त्रिवि कार्यकारी परिषद्ले शाहलाई आईओएमको डिन नियुक्त गरेको हो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार २२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।