Logo

राजनीति

सरकार अति भयो  :डा. डिला संग्रौला



 

नेपाली कांग्रेसीको सांसद तथा छायाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा डिला संग्रौलाले नेकपाको सरकार कोरोना नियन्त्रण गर्न खर्चमा अनियमिता गरेको भन्दै अब त अति भएको भन्दै सरकार समक्ष आक्रोस पोखेकि छन् ।

विहिबार संसदमा बोल्दै उनले १० अर्बको अस्पष्ट र अपुरो हिसाब बुझाउन नपाउँदै चीनबाट फर्काएर खरिपाटी क्वारेन्टाइनमा राखिएका नागरिकबाट ‘औषधि नखाइ ७४ लाखको बिल’ प्रकरण बाहिरियो भन्दै सरकारले गरेको खर्च पादर्शी ढंगले सार्बजानिक गर्न आग्रह समेत गरेकी छन् ।

वैदेशिक रोजगार कल्याणकारी कोषबाटै श्रमिकको उद्दार गर्न सर्वोच्च अदालतको आदेश छ । उनले भनिन् ‘ केही देशले चार्टर्ड गरेर नेपालीलाई सकुशल पठाउँछौं भन्दै गर्दा सरकारको कमिशनको बार्गेनिङले नेपाल उडान रोकिने यो अवस्था हो ।’

मोरङको मंगलबारेमा स्थानीयबासीले बनाएको अस्पताललाई कम्युनिष्टकरण गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरी ऐतिहासिकता र स्थानीय पहिचानलाई मेटाउन प्रदेश एक सरकार उद्धत देखिन्छ । स्थानीयलाई आन्दोलन उत्रिन बाध्य पारेको बताइन् ।

सरकारले परिचालन गरेका स्वयंसेवक र स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा राखिएका महिलामाथि कुकृत्य गरेको प्रति सरकार गम्भिर हुन नसकेको बताइन् ।

२४ करोडको स्वास्थ्य सामग्रीमा फेरि अनियमितता, सस्तो मूल्य प्रस्ताव गर्ने ११ कम्पनीलाई छोडेर १२ औँलाई ठेक्का दिएको भन्दै सरकारको ध्यानकर्षण

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।