Logo

प्रमुख समाचार

बाढी, पहिरो तथा डुवान नियन्त्रणको लागि सांसद संग्रौलाको सरकारलाई सुझाव



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले देशमा कोरोना संन्त्रास सँगै बाढी, पहिरो तथा डुवानको समस्याले नागरिक पीडित भएको भन्दै यसको उचित प्रवन्ध गर्न सरकारलाई सुझाव दिएकी छिन् ।

‘प्रतिवर्ष वर्षाको समयमा पडाडमा पहिरो तथा तराईमा बाढी तथा डुवानले हजारौं नेपालीहरूको धनजनको क्षति भै दु:खद स्थिति बेहिरिरहेको डरलाग्दो परिस्थिति’ रहेको भन्दै सरकारले यसको समयमै व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन् ।

केही दिन अगाडि पर्वत, पाल्पा लगायतका जिल्लामा पहिरोमा परि ज्यान गुमाएकाहरूप्रती श्रद्धासुमन व्यक्त गर्दै सांसद संग्रौलाले झापादेखि कञ्चनपुरसम्मको दक्षिणी भू-भागमा भारतले एकलौटी किसिमको दशगजा नजिकै बनाएका बाँध, तटबन्ध र सडकका कारण सीमावर्ती क्षेत्रका लाखौं नेपाली बासिन्दाहरूले समस्या भोग्नुपरेको उल्लेख गर्दै समस्या समाधानमा गम्भीर हुन सरकारलाई सुझाव दिएकी छिन् ।

एउटा असल छिमेकीको नाताले भारतको व्यवहारले मधेसको भू-भागमा बसोबास गर्ने तथा सिमानाको रक्षाका लागि खेपेको दु:ख र वर्षेनी भारतको अतिक्रमित प्रवृत्तिले नेपाली जनताको उठिबास हुने स्थितिले भारतको गरिमा नबढ्ने टिप्पणी गर्दै सांसद संग्रौलाले सरकारले भारतसँग परामर्श गरि समस्याको हल गर्न समेत सुझाव दिएकी छिन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।