Logo

प्रमुख समाचार

सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई उद्धारमा खटिन देउवाको निर्देशन



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका छन् ।

उनले ट्विटरमार्फत सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

‘सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्‍ने देखिएको छ । म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु,’ सभापति देउवाले भनेका छन् ।

उनले सरकारलाई छिटोभन्दा छिटो उक्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १०:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।