Logo

प्रमुख समाचार

ओली र प्रचण्डबीचको ‘वान टु वान’ वार्ता निष्कर्ष विहिन



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको ‘वान टु वान’ वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा २ घण्टा लामो भेटवार्तामा नेकपाभित्र देखिएको विवादबारे छलफल भएको थियो ।

पछिल्लो समय नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि उत्पन्न विवाद अझै साम्य भएको छैन् । नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री अ‍ोलीले दुईमध्ये एक पद छोड्नै पर्ने अडान लिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

नेकपाभित्रको विवाद समाधानका लागि करिब १० दिनदेखि दुवै अध्यक्ष लगातार छलफलमा जुटेपनि कुनै सहमति हुन सकेको छैन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।