Logo

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा सम्बृद्धि फाइनान्समा सकरात्मक सर्किट



सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजार मापन गर्ने सूचक १६.६० अंकले घटेर १३९१.२९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७१ अंकले घटेर २८७.०७ बिन्दुमा रोकिएको छ ।
त्यस्तै बजारमा आएको गिरावटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । १८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १५.१२, विकास बैंक १८.३१, निर्जीबन बीमा ११३.४४,उत्पादन तथा प्रशोधन ४०.८, माइक्रोफाइन्स २९.९, जीवन बीमा समूहको उपसूचक १३६.५९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कोषको ८ करोड ९ लाख ९२ हजार १८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्यारेन्स रहेका छन् ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि सम्बृद्धि फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । सम्बृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति पाएसँगै लगानीकर्ताको ध्यान यता गएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।