Logo

राजनीति

कांग्रेस नेतृत्वमा युवाकाे भूमिका !



नेपाली कांग्रेसका आसन्न १४ औं महाधिवेशनको मिति तय भएको छ । कांग्रेस भित्र संस्थापन र इतरपक्षबीच नेतृत्व कसले लिने भन्नेबारे वर्षौ देखिको सर्घष जारी  छ । एउटै पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धाले कांग्रेस भित्रको राजनीति डामाडोल र भद्रगोल भएको छ । केन्द्र देखी स्थानीय तहसम्म एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा कांग्रेस पछिल्लो समय नेपाली जनताबाट आफ्नो लोकप्रियता गुमाउँदै गएको देखिन्छ ।

कांग्रेसलाई वर्षोदेखी माया गर्ने आम कार्यकर्तालाई कांग्रेसको भविष्य र पार्टी प्रति जति चिन्ता छ । त्यति चिन्ता नेतृत्वमा देखिदैन् । कांग्रेसको असक्षम नेतृत्वले गर्दा नै सरकार देखि जनताको साख गुमाउनु परेको तितो यथार्त हामीबीच रहेको छ । यहाँ उमेरले मात्रै नभई भिजन नै बुढा भएकाहरुले कांग्रेसको नेतृत्व समाल्दा कांग्रेसले हार बेहोर्नु परेको छ । गाउँघरमा नजाने, संगठन निर्माण नगर्ने, नेताहरुको पछाडी लाग्ने आसिर्वाद थाप्दै नेता बन्न त सजिलो छ । तर कार्यकर्ताले पत्याउन मुस्किल छ ।

कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा पार्टी भित्र अस्वस्थ प्रतिस्पर्धा नभएर अबको नेतृत्व युवाहरुले लिनु पर्छ । युवा जनशध्mि बिनाको नेतृत्वले कांग्रेस रहन सक्दैन् । नयाँ जोश, उग र जाँगरका साथ स्थानीय देखि केन्द्र सम्म हाम्रा भन्दा पनि सक्षम युवाहरुले नयाँ मिसनका साथ नेतृत्व लिनु पर्छ । पूरानो पुस्ताले यस्ता विषयमा पक्ष प्रतिपक्ष, गुट उपगूट भन्दा पनि युवालाई सहज रुपमा नेतृतव सुम्पिनु पर्छ ।

देशमा कांग्रेसको विचार र युवाको संघर्षले पुनरुत्थान प्राप्तिका लागि युवाहरुको आवश्यकता अनिवार्य छ । अवकोअधिवेशन र महाधिवसनमा पार्टीको युवा नेतृतव पायो भने ईतिहासकै कुनै पनि विगतको समय भन्दा हाल कम्जोर हुने वाला छैन ।

 कांग्रेस झन सवल र सक्षम हुने छ । कांग्रेस नेतृत्वको कमजोरीकै कारण मुलुकमा कम्युनिष्टहरुले फाइदा लिइहेका छन् । उनीहरुको दुई तिहाईको सरकार बन्नका्े पछाडी कांग्रेसको पनि हात रहेको कुरा आत्म साथ गरिनुपर्छ ।यदि युवा कार्यकर्ताले नेतृत्व लिन सकेनन् भने कांग्रेस इतिहास मात्र बन्न सक्छ ।  कांग्रेसका विचार सिद्धान्त र नीतिलाई अवलम्बन गर्दे अबको नेतत्व युवाहरुमा सुम्पिन नेतृत्वलाई विशेष आग्रह गर्न चाहन्छु ।

(लेखक : शाही नेविंघका नेता हुनुहुन्छ)

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।