Logo

राजनीति

प्रचण्ड-माधवको नेतृत्वमा सरकार बन्नु गोरु ब्याएर बिगौती खान खोजे जस्तै – सुर्य थापा



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधवकुमार नेपाल समूहमाथि कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले यस्तो टिप्पणी गरेका हुन् । 

नयाँ सरकार बनाउँन कसरत तीब्र भई रहेका बेला थापा लेख्छन् – “पुष्पकमल दाहाल “प्रचण्ड”
र माधवकुमार नेपालकाे नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।
याे गाेरू ब्याएर बिगाैती
खान खाेजेजस्तै मात्र हाे !
कान्तिपुरी नगरी
परिक्रमाले देखाएको,
अरू हेर्दै जाओैं !!”

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।