Logo

विचार / ब्लग

सामाजिक अभियान्ता स्व. लेखनाथ ज्ञवाली एक अमर मानव



साहित्यकार स्वर्गीय लेखनाथको जन्म माता कुन्ता ज्ञवाली र ऋषिराम ज्ञवालीको कोखबाट गुल्मी जिल्लामा वि. स २००० साल आश्विन ५ गते भएको थियो । गाउँको  मध्यम वर्गिय परिवारमा जन्मेर हुर्केका स्व. ज्ञवालीको परिवार शिक्षाको बारेमा त्यसैबेला सचेत देखिन्छ । त्यहीँ सचेत भावनाका कारण लेखनाथले साधारण शिक्षा घर परिवार भित्र र माध्यमिक शिक्षाका लागि गुल्मीको हरिहर संस्कृत माध्यमिक विद्यालयमा पुगे । परिवारमा रहेको शैक्षिक जागरणको सोचको कारण नै उच्च शिक्षाको लागि बनारस जान कोशिस गरे । त्यहि क्रममा सामाजिक अभियान्ता स्व. लेखनाथ ज्ञवालीको विवाह अर्घाखाँचीको दीहीका पन्थि परिवारकी छोरी आशा पन्थीका साथमा भएको थियो । दामपत्य जीवनको उकाली ,ओराली र देउराली पार गर्ने क्रममा उनका तीन छोरीहरू रम्भा,सुशिला,मञ्जु र दुई छोराहरू सरोज र निरज जन्मिए ।

स्व. ज्ञवालीले शिक्षा आर्जनको पहुँच र वातावरण सँगै अन्याय,अत्याचारको विरूद्ध समाजमा जागरण फैलाउनु पर्ने विषयको बोध गरे । बनारसको बसाइले पुष्पलालसँग सङ्गत गरायो । विस्तारै संगठन गर्दै गयो भने त्यसै मार्फत समाजमा रहेका अन्धविश्वास र रूढिवादीताको अन्त्य सकिन्छ भन्ने भावनाले ओतप्रोत भएका पुष्पलालसँग भेटभएको कारण त्यहि प्रभाव ज्ञवालीमा पनि सर्यो ।

स्व. ज्ञवाली सानै उमेरदेखि समाजमा रहेको हुनेखान वर्गभित्र रहेको सामन्तवादी सोच अथवा हुने खानेले हुँदा खानेहरूलाई गरेको शोषणको विरूद्दमा बोल्ने गर्थे तर सानो देखेर त्यति सुनुवाइ हुदैनथ्यो । वनारसबाट फर्केपछि शिक्षकको रूपमा विद्यालयमा प्रवेश गरे । अध्यापन सँगै गीत,कविता आदि लेख्न थाले । भक्तिधाराले सिन्चिएको समाजमा एकैचोटि क्रान्तिकारी कुरा लागू गर्न सकिन्न कि भनेर घरपरिवार भित्र जोडिएका,छोराछोरी बीचसमान व्यवहार देखिने र बालबालिकाहरूको मनोभावना जोडिएका गीत र कविता लेख्दै सुनाउदै गर्न थाले । आफुले लेखेका रचना विद्यालय र समुदाय अनेकौं माध्यम बनाएर वाचन गर्ने र गराउने क्रमले उनीसँग समुदायमा सबै उमेरका मानिसहरू नजिकिन थाले ।आफुले सृजना गरेका रचना सुन्दा आफैंलाई अन्याय परेको झै भान गराउने ज्ञवालीले विस्तारै अन्याय र अत्याचारको विरोध गर्न पनि सिकाए । वर्षदिन भरि काम गरिदिँदा पनि पेट नभरि खानै नदिनेर छुट्याएर दिने आदि सामन्तवादी सोचको विरोध गर्न सिकाए । त्यहीँ जागरणको पक्षले उनलाई साहित्यसँग नजिक गरायो । अहिले पनि उनका रचनाहरू पढ्दा त्यहि आभास हुन्छ । अहिलेको परिवर्तन र त्यस बेलाको समाजको अन्तर खोज्दा त्यस बेला हुदा खाने र हुने खाने बीचमा रहेको वर्ग विभेदले प्राय हरेक घर गाँजीएको थियो । ज्ञवाली त्यहि असमानताले गाँजिएको विषयलाई मसिनोसँग केलाए अन्धविश्वास ,असमानता र अन्यायपूर्ण व्यवहार प्रति रुष्ट देखाए र त्यहि समाज परिवर्तनका लागि साहित्य सृजना गरे ।

ज्ञवाली जन्मदा जहाँनियाँ र निरंकुश राणा शासनको विरूद्धको अभियानले जागरण फैलाइरहेको समय थियो । उनले राणाहरूको अत्य र प्रजातन्त्रको आगमनको समयको आर्थिक सामाजिक र राजनीतिक कुराको त खासै अनुभूति गर्न सकेको अवस्था देखिन्न तर प्रजातन्त्रको आगमन पछिको दुर्इ तिहाइ मत प्राप्त दल नेपाली कांग्रेस भित्रको अन्तरविरोध ,अन्तरविरोधको राप,ताप र प्रभाव सबै राम्रैसँग देखे । त्यस्ता कुराको समय मै व्यवस्थापन गर्न नसक्दा नेपाली राजनीतिमा देखिएको अराजकताले सृजना गरेका गतिविधि र सामाजिक समस्याहरूबाट सिकेका,देखेका र व्यहोर्नु परेका समस्याका बारेमा जानकार देखिन्छन ।

स्व. लेखनाथले समाजको चित्रण गर्दा सामाजिक आर्थिक समस्यालाई समाजको दिनानुदिन पर्ने समस्यासँग जोडेर लेखन सुरू गरे । त्यस बेलाको अर्ध सामन्ती समाज,दास मनोवृत्तिमा पिल्सिएका आम नागरिकहरूमा शिक्षा,स्वास्थ्य जस्ता दैनिक जनजीवनमा प्रभाव पर्ने साधारण विषयको ज्ञानको पनि अभाव रहेको थियो । मानिसको जन्म,जन्मपछि गरिने सामाजिक कर्म र कर्तव्य बोधका कर्महरूसँग सामाजिकआर्थिक विषयको सम्बन्ध र पारिवारिक दायित्वबाट अलग हुने र नहुने कुरा पनि लेखकले लेखेका आफ्ना कृतिका विभिन्न शिर्षकहरूमा उठाएको पाइयो ।

त्यस्तै छोराछोरी हुर्काउन विचार पुर्याउनु पर्ने र विद्यालयीय शिक्षामा ध्यान दिनु पर्ने साना तीना कुरा पनि लेखनाथले आफ्नो सृजनामा राखेका छन । यसरी हेर्दा लेखकले हरेक शीर्षक चेतना र जागरणका लागि लेखेको पाइन्छ । साहित्य समाजको ऐना मात्रै होइन वास्तविक जीवन पनि हो भन्ने यथार्थ भावको चित्रण लेखकले आफ्ना सबै रचनाहरूमा पस्कने कोशिस गरेका पनि छन । लेखकका अन्य कृतिहरू हेर्दा तात्कालिक समाजको जागरणका लागि सबै वर्ग, लिङ्ग, क्षेत्र , जातजाति , भाषाभाषी र उमेर समुहमा चेतनाको जागरणको सोचान्तरण गर्नु पर्ने र सारमा हैन रूपबाटै परिवर्तन गर्न सक्यो भने मात्रै रूपान्तरण हुनसक्छ नत्र समाज परिवर्तन हुन कठिन छ भन्ने सन्देश दिन खोजेका छन ।

स्व. ज्ञवाली प्रगतिशील साहित्य मन पराउने र माक्र्सवादबाट प्रभावित व्यक्तित्व हुन आधारहरू प्रसस्तै देखिन्छन । उनी जन पक्षीय न्याय र समानताको अभियानभित्र पनि सहभागिता र पारदर्शिता चाहान्थे । त्यसैले उनले उमेर अनुसारको जागरणका लागि चेतना जगाउने खालका कृतिहरू लेखेका हुन भन्ने तथ्य उनका रचनाहरूको अध्ययनले बताउँछ ।

स्व.लेखनाथ उच्चशिक्षा आर्जनको समयमा बनारसमा भएको नेपाली विद्यार्थी युवाहरूको समपर्कबाट राजनीति जागरण र निरङ्कुस पञ्चायती सत्ता परिवर्तनको अभियानमा आफुलाई पनि संग्लग्न गराएका योद्धा पनि हुन । उनी यस्ता राजनीतिक व्यवस्थाको परिवर्तनको आन्दोलनमा लागेकै कारण माक्र्सवादबाट दिक्षित हुन मौका पाएका हुन भन्न सजिलै सकिन्छ ।

त्यसबेलाको समाजमा देखिएको असमानताको प्रभावले उनलाई पनि प्रभावित पर्यो । विस्तारै त्यो बाटोमा उनी पनि अभियान्ताको रूपमा सम्मिलित भए । त्यहाँ प्रभावमा परेका न्याय र समानताका कुरा उनले वनारसबाट नेपाल फर्केपछि हुबहु लागू गर्ने प्रयास गरेको देखिन्छ । समाज परिवर्तन गर्न प्रत्येक घरका हरेक सदस्यको निकै महत्वपुर्ण भुमिका हुन्छ भने संदेश उनका रचनाहरूले दिएका छन ।

लेखनाथको यो नानी बालगीत र कविताहरू नामक कृतिमा स्व।साहित्यकारले २६ वटा वाल कविता र गीतहरू प्रकाशित गरेका छन । साहित्यकार ज्ञवालीका अरू पनि कृतिहरू प्रकाशित भएका छन । प्रकाशित कृतिहरू मध्ये दशैको आसिक कविता सग्रह,साथी स्मृति काव्य,खडेरी लघु कथा,माटोको गीत राष्ट्रिय गीत संगालो,नानी बाल गीत तथा कविता सङ्ग्रह, अक्षर गद्य तथा पद्य कविता संग्रह प्रकाशित भैसकेका कृतिहरू हुन । यी सबै कृतिहरू समाजका हरेक उमेर समूह ,वर्ग र परिवारका हरेक सदस्यहरूको मन,वचन र कर्मले नै रूपान्तरित हुनुपर्छ भन्ने सन्देश दिन खोजेका कृतिका रूपमा छन । विषेश गरेर लेखनाथका बाल साहित्य जगतकोलागि निकै राम्रो अध्ययन सामग्री बन्नु पर्दछ । त्यो पनि विशेषगरी नानी बाल गीत तथा कविताहरू कृति भित्रको व्यन्जन वर्णको ज्ञान कखरा बाल अक्षर ज्ञानकालागि निकै उपयुक्त देखिन्छ ।

स्वर वर्णकाल पनि अम्बा अलिकति गुलियो खाँऊ,आउ बहिनी स्कुल जाँऊ 

बालबालिकाको दैनिक क्रियाकलाप र सिकाइका लागि यी गीतहरू निकै सरल देखिन्छ । साहित्यकार स्व ज्ञवालीले सामान्य शिष्टाचार देखि भविष्यको सपना र कल्पनाशीललेता माथिदेखि तल र तलदेखि माथिसम्मका ज्ञान दिने कविता र गीत बालबालिकाहरूका लागि रचना गर्ने प्रयत्नका लागि परेका देखिन्छन । मानविय आनीबानीसँगै जोडेर लेखेका यी हरफ पनि यस विषयसगँ निकै सान्दर्भिक छन ।

रस राम्रो नुनले हुन्छ,मान्छे राम्रोसँग गुनले
काश राम्रो जुनले हुन्छ,सारा यो संसारैमा
पेट आफै मार्नु हुन्न,पाशोलागि मर्नु हुन्न
अति सारो गर्नुहुन्न,अर्काको अधिकारमा

यी हरफले बाल मनोविज्ञानलाई सकारात्मक बनाउन सहयोग गर्दछ । नानीहरूलाई बुझाउन कविले अरू प्रतिको नकारात्मक भावलाई सकारात्मक बनाउन कविले ू माकुराको जाल  जस्तो गरेर कवितामा लेखेका छन स

ज्यानमारा खुनी रैछन् त्यसका लामा खुट्टा
किन बुन्दो होला व्यर्थै त्यति राम्रो बुट्टा

भन्दै राम्रो काम र नराम्रो काम प्रति सचेत गराएको देखिन्छ । बालबालिका स्वभावैले चन्चलता हुन्छ । त्यसले उनीहरूको बौद्धिक मस्तिष्क र शारीरिक विकासलाई पनि बढाउछ भनिन्छ । यस्ता स्वभाव प्रति बालबालिका सचेत भएर खेलुन भन्ने ध्येयले ज्ञवालीले यसरी सम्बोधन गरेको  भेटिन्छ।

कैले माथी आँटीमा,
कैले पुग्छ ठाँटिमा
के के खायो के के निल्यो,
अडकियो रे घाँटीमा

बालबालिकाको विकास भैरहेको कलिलो मस्तिष्कमा विश्वमा जोडतोडले दौडिरहेको सुचना र प्रविधिका बारेमा पनि नजानिदो ढङ्गले बालबालिकालाई बुझाउन र सरल तरिकाले सिक्ने प्रेरित गर्दै पुनः लेखेका छन ।

आदे पादे सबचिज साँधे
त्यसको पेटमा भुसैं खादें
अलिकति खुला होला सास
नत्र त लाग्यो ए बनिबाँस

यस्ता मनै छुने रमाइला शव्दको चयन र प्रयोगले कुन बच्चा सिकाई बाट टाढा जान सक्ला र रु भन्ने अवस्था आफ्ना रचनामा सृजना गरेको पाइन्छ । अहिले बाल मैत्री वातावरण र सिकाइमा आएको नैराष्य हटाउदै अध्यापन गर्न पनि यी र यस्ता रचनाहरूको संगीत सहितको गायन गरि प्रस्तुत गर्ने श्रव्य र दृश्य सामग्री बनाउन सके प्रतिष्ठानलाई पनि आर्थिक लाभ हुने देखिन्छ ।

कुटुनी बुढी कुटुनी बुढी
ओखलमुनि धान छ लाइदेबरू लुँडो
आँटो पिठो पिसौंला तँलाई पनि मिसाउँला

चिल्लो भात खालिस् राटोपिठो लालिस यी हरफहरूले बालबालिकालाई सहकार्य,माया ममता सहित बाँचेको कुरा बाँडीचुँडी खान बस्ने संस्कारको विकास गर्न सहयोग गर्ने कुरामा स्व। ज्ञवालीले जोडदिएका छन । नानी कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा ज्ञवालीले यसरी प्रसङ्गलाई जोडिदिएका छन ।

साँझ आउँछे भोकाएर दिनभरि पढी

कैले हुन्छे धुलैधुलो बाटोघाटो लडदै भन्दै थाकेको अवस्थालाई थाहा नपाउने गरि रमाइलो बनाउन खोजेको देखिन्छ ।
बालबालिकालाई लोभलालसाबाट टाढा राख्न  ढाडेू शिर्षक राखेर यसो भनेका छन स लौत अब विदा हुन्छु भाइ बैनी छोरी

चोर्न हुन्न घर्को चीज भाँडाकुँडा फोरी

यसरी उनका कृतिहरूको अध्ययन गर्दा साहित्यकार स्व. लेखनाथ ज्ञवालीको जीवनको महत्त्वपूर्ण पक्ष समाजमा भिजेर रहेको विभेद र अन्धविश्वास अन्त्यका लागि कसरी जागरण गराउन सकिन्छ ? भन्ने मनोविज्ञानसँग नजिक रहेर आफ्ना रचनाहरूलाई सृजना गरेको देखिन्छ । साहित्यको स्वअध्ययन र स्वआर्थिक
सामाजिक परिवर्तनको पक्षधर भएर अरूको जीवन चार्या प्रति पनि संवेदनशील मानवतावादी साहित्यकारका रूपमा स्वर्गीय ज्ञवालीलाई राख्नु पर्दछ ।

साहित्यलाई समाजको ऐनाको उपमा दिने पूर्वीयसभ्यतााले सबै उमेर,लिङ्ग ,वर्ण,वर्ग र रङ्काहरूको लागि साहित्य चाहिन्छ भन्ने नबुझेको अवस्थामा बालबालिकाको विकास र जिम्मेवार बनाउन अभिभावकले खेल्नु पर्ने भुमिकालाई केन्द्रमा राखेर ५२ वटा बालगीत तयार गर्नु निकै सोचनिय र पढ्नीय विषय हो । यस प्रकारका सृजना गर्ने सर्जक जो कोही हुदैनन् र पाइनन् पनि ।

ज्ञवालीले मनोविज्ञान पढेका थिएकी थिएनन् । तर उनका हरेक रचनाले मनोवैज्ञानिक दृष्टिकोण र समानताको भाव झल्काएको छ । उनले मेरो या उसको मन भित्रैको भाव छछल्कने शव्दहरूको समायोजन गरेका छन । लैङ्गिक अवधारणको विकास भै नसकेको समयमा रचना गरेका बाल गीतहरूमा पनि कहिँ कतै छोरा र छोरी विचमा विभेद पाइन्न । लेखनाथजीको यो पक्ष चाहिँ विचार माथिको विषय हो भन्दा सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।

लेखनाथका नानी बालगीत र कविता पढ्दा लाग्छ आफ्नै बालापन फर्किएर नाचौं कि हाँसो कि भनेर मनै रोमान्चित हुन पुग्छ । यो उनको बनल जागरणको मन्त्र हो । यस्तै तरीका अपनाएर हिजो समाज बदल्ने आन्दोलनमा आम नागरिकलाई संगठित गर्न उनी सफल भए जस्तो देखिन्छ ।

बालबालिकामा हुने सत्यताको जगेर्नाका लागि नै होला सायद चोर,डाडे,कुटुनीबुढी आदि रचना गरेको । रचनाहरूको भावनात्मक पक्ष बुझ्न अभिभावकलाई सहयोग मिलोस् भन्ने ज्ञान नभए पनि यी र यस्ता कविताहरू बालबालिकाले स्व अध्ययन गरिरहँदा अभिभावकहरूमा पनि जागरण आउन सक्ने प्रभावका सृजनाहरू पनि ज्ञवालीले समाजलाई छोडेको देखिन्छ । युगौंयुग सृजना गरिरहनुपर्ने यस्ता सर्जक वि स २०६७ सालमा हामी विचबाट सदाका लागि गुमनाम हुन पुगे ।

प्रतिष्ठानसँग नजिक हुनेहरूले अबका दिनमा समाज र मुलुकको लागि यी र यस्ता व्यक्ति र प्रतिभाहरूको क्षति कसरी पुर्ति गर्न सकिन्छ ? भन्ने विषयमा चर्चा गरोस् । स्व लेखनाथ ज्ञवाली प्रतिष्ठान र पारिवारिक नाता सम्बन्ध भित्रका परिवर्तनका संवाहकहरूले लेखनाथका सृजनालाई समय सापेक्ष प्रविधि मैत्री बनाउँदै प्रचारप्रसार गर्नु,गर्न प्रेरित गराउनु पर्दछ । यस्तो प्रचारप्रसारले मात्रै स्व ज्ञवाली प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

 

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार  १ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।