Logo

प्रमुख समाचार

झापामा छात्रालाई गोली हान्ने व्यक्ति विद्यार्थीकै पूर्वशिक्षक



विराटनगर । झापाको दमकमा कक्षा १२ काे परीक्षा दिएर फर्किरहँदा छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति छात्रालाई पढाउने पूर्व शिक्षक रहेको खुलेको छ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिका अधिकारीलाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन्।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका अनुसार घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन्।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ।

नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ। दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन्। गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार २०:२९   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।