नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता करिव दुई घण्टा सम्म चलेको थियो ।
भेटवार्तामा नेतृत्व परिवर्तनन, महाधिवेशन लगायत आन्तरिक विषयका सन्दर्भमा छलफल भएको स्रोतले जनाएको छ । नेकपा भित्रको आन्तरिक विवाद चर्किदै गएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए ।
ओलीले राजीनामा माग आएसँगै दुवै पदबाट राजीनामा नदिने अडान कसेका छन । त्यसका बदलामा ओलीले मंसिरमा महाधिवेशन गर्नु पर्ने प्रस्ताव अघि सारेका थिए ।




















प्रतिक्रिया