Logo

साहित्य

शिरको ताज थिए : पिता जी



पिता भइ घरमा जमेर बस्ने स्वामित्व दर्शाउने
जँगार तर्न, थेगेर टेक्न, औंला समाई दिने

श्वास र विश्वासको चराचरसँग लड्न पठाई दिने
सारथी भई रथको जीवन भरको गौंडा देखाई दिने

पिता हो पौरखको पृथ्वी भरमा सत्य बुझाई दिने
शक्ति हो घरको नित्य दिनको अमृत पिलाई दिने

सत्ता हो नवको, पद हो घरको,नौका खियाई दिने
शक्ति हो पथको सहज रूपमा अवसर जुटाई दिने

पिता हो घरको जिविका सँगसँगै मौका जुटाई दिने
सौम्य भै जगतभरको सत्य र मिथ्या छुट्याई दिने

पिता भै जिउदा जगतभरको पहिचान बुझाई दिने
शक्ति हो घरको,चराचरभर हार र जित सिकाई दिने- पिताका लागि लेखिएका माथिका पङ्तिले नै पिता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।

धनी हुनुको अर्थ
” प्रसस्तै खेतबारी हुनु ,ठूलो टौवा र मकैको सूली हुनु,गोठभरि गाईभैँसी हुनु,!”
अलि ठूलो भएपछि सोच्थेँ – धनि हुनु भनेको ठूलो र प्रतिष्ठित जागिर,प्रशस्त बैँक ब्यालेन्स,गाडी र बंगला हुनु हो !”
” अझै ठूलो भएपछि सोच्थेँ,धनि हुनु भनेको विद्वान हुनु ,देशविदेश घुम्नु,नाम कमाउनु चाहिँ पक्कै हो ! ”
तर त्यो पनि होइन रहेछ ।
” अहिले लाग्छ,धनि हुनु भनेको बाआमा हुनु हो !”
बाआमा भएको मानिसजस्तो धनी मानिस संसारमा कोही हुँदो रहेनछ ! ”  — सामाजिक सञ्जालमा भेटेका यी शब्दहरू निकै मार्मिक र सत्य छन ।यीनै शब्दसँग जोडिदै आज म पिताजी नजिक पुग्न खोज्दै छु ।

वास्तवमा भावनामा हुने गरिब चाहिँ यहि हो । हामी धनले होइन मनले गरिब छौ । भावनाले दरिद्र छौ अनि कामनाले लोभी छौ त्यसैले हामीलाई कहिल्यै पुग्दैन ।

वि स १९९९ सालमा पाचथरमा जन्मिएका लक्ष्मीप्रसाद उपाध्याय ओझा बालापनदेखि नै निकै जुझारु ,निडर र हठी स्वभावको भएको कारण नै बच्चैदेखि सबैको सहयोगी बनेको देखिन्छ ।

मानिसमा भएको सत्य,निष्ठाले नै स्वाभिमानी बनाउँछ । स्व. लक्ष्मीप्रसादलाई पनि उनको इमानदारिता र हक्की स्वभावले श्रमजीवि वर्गको पक्षमा उभिन,सामन्तहरूको विरूद्दमा बोल्न , घरपरिवारमा अनुशासन कायम गर्दै जीविको पार्जन गर्न सिकायो । हेरेक ठाउँमा जमिन जोड्ने,केहि समय बस्ने सामाजिकआर्थिक वातावरण बनाएपछि बसाइँ सर्ने कामले हरेक पटकको आर्जन छोड्दै हिड्न बाध्य भए स्व.लक्ष्मि प्रसाद ।

भनिन्छ साहित्य भनेकै मानिसको जीवन हो । त्यहि जीवनलाई छायाको रूपमा साहित्यिक दर्पणमा उतारेर हामीले हाम्रो जीवनसँग जोड्ने गर्छौ । हो यस्तैगरि मैले पनि त्यहि सत्य या जीवनको वास्तविकतालाई सामाजिक सञ्जालमा भेटेर मेरो र मेरो पिताजीसँग जीवनलाई जोडेको मात्रै हो ।त्यहीँ सत्य,निष्ठा र इमानको दियो ,त्यहीँ दियोले प्रकाशन सहित,निष्ठा र इमान बोकेर हामीबाट अलग भएको पनि सम्पुर्ण प्रकाश लिएर बेपत्ता भएको पनि (वि स २०६३)चौध वर्ष बितेछ । यति लामो समयमा बाको अभाव सहितको संरक्षण त आमाले नै गर्नुभयो ।

आकस्मिक विरामीको सुचनाले काठमाडौ बसाई भएका हामी सबैलाई चिन्तित बनायो । हतारिदै भद्रपुर अस्पताल पुगेका पिताजीको उपचारको क्रममा केही सुधार पनि भयो तर केही घण्टा मै सबैसँग विदा हुने अवस्था आयो । मध्यानतिर अपरझट बेहोस भएका पिताको उपचारको समय साथमा भएका आफन्तको सहयोग सहित भोलिपल्ट अन्त्येष्टि गरियो । अन्त्यष्टीसँगै मैले मेरो धन,दौलथ,सम्पन्नता सबै गुमाएँ । हिजो सोचिएको सुख,सम्वृद्दि,मान,इज्जत ,प्रतिष्ठा ,देश र विदेश सबै गुमाएँ । जिवित मेरापिता मेरो हिजोको शिरको ताज ,उत्प्रेरण ,आत्मबल,मान र सम्मानको जग थिए । त्यो सबै गुमाउनु पर्यो ।

ठूलो परिवार,केटाकेटी नै केटाकेटी , सबै विद्यालय जानै पर्ने,दिउँसो खाजा खाने बन्दोबस्तसँग विद्यालयको पोसाक र पिरियड अनुसारका पाठ्यपुस्तक जहिले रेडि अवस्थामा हुनै पर्थ्यो । त्यसै कारण अहिले हामी बनेका छौ। निडर छौ । स्वाभिमानी पनि छौ । मानिस मर्न कै लागि जन्मन्छ ! मर्नु सत्य हो तर पनि मानिसले मृत्यु स्विकार्न कठिन छ । मृत्यु भन्दा अघि मानिसले गर्ने कर्मले सत्य भन्दा धेरै माथि पुगेर सोच्ने अवस्था आउदो रहेछ । मेरो पिताजीमा भएको सामाजिक सद्भाव र सदाचारको प्रेरणा र समानभावको कारण नै हामी सबैले विर्सन गार्‍हो भयो । पिताजीको समाज प्रतिको गहिरो लगाब र पारिवारिक अनुसासनको मर्यादा अहिले हाम्रो घरमा मात्रै होइन पुरै देशको लागि त्यतिकै आवश्यक रहेको देखिन्छ । माथि उल्लेख गरेका सबै कुराको अभावले होला ! अहिले शिरको मेरो ताज खोसिन्छ कि! झर्छकी ! कसैले लुटि दिन्छ कि ! जस्तो लागिरहन्छ । मेरा आदर्श पिताप्रति शब्दद्वारा पुष्पगुच्छाले हार्दिक श्रद्धासुमन !!!

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार  ४ : ५२ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।