Logo

राजनीति

एमाले बैठक ३ बजे बस्ने



नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।

सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिए ।

सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।