Logo

राजनीति

डा. केसी माथि राज्यको दादागिरि खेदजनक: कांग्रेस नेता पौडेल 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले अनशनरत डा.गोविन्द केसी माथि प्रहरीले गरेको ज्याजदीको विरोध गरेका छन् ।

जुम्लाबाट काठमाडौं ल्याइएका डा. केसीलाई प्रहरीले डा. केसीको सहमति बिना एम्बुलेन्सबाट जवरजस्ती ट्रमा सेन्टर लिन खोजेको भन्दै युवा नेता पौडेलले त्यसको विरोध जनाएका हुन् । 

मंगलबार भएको घटनाका विषयमा नेता पौडेलले ट्विट गर्दै भनेका छन्,डा. केसी माथि राज्यले गरेको दादागिरी खेदजनक छ।अन्यायको विरुद्ध लड़ाई छेडेका एउटा सन्तसङ्ग बाहुबलको राज्य कति कापेको ? न्यायका निम्ति लड्ने निमुखासङ्ग आफ्नो बाहदुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने सरकारको घिनलाग्दो प्रवृतिले लोकतन्त्रलाई कोमामा पुर्याउने निश्चय छ।

सामाजिक सञ्जाल डा.केसीका समर्थकहरुको चर्काे आलोचनापछि ट्रमा

सेन्टरले हिजो नै अस्पतालबाट अस्पतालबाट डिस्चार्ज गरेको थियो ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ११ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।