Logo

राजनीति

बामदेव गौतमले एमालेबाट राजीनामा दिने, नेपालको पार्टीलाई साथ



नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतम एमालेमा राजीनामा दिएर माधव कुमार नेपाल नेतृत्वको पार्टीमा आउने भएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बलराम बास्कोटाका अनुसार गौतम पनि आफूहरूको पार्टीमा आउने दाबी गरेका हुन् ।

गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर समाजवादीमा आउने बास्कोटाको भनाइ छ । त्यसबारेमा छलफल भइसकेको उनको भनाइ छ ।

‘एमाले उपाध्यक्षबाट राजीनामा दिएर आउँनुहुन्छ । उहाँ आउने बिषयमा छलफल भइसकेको छ’ बाँस्कोटाले भने । दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेपछि बास्कोटाले उक्त प्रतिक्रिया दिएका हुन् ।

यसअघि गौतम पनि समाजवादीमा रहेको भन्दै पोष्टर बनाइएपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।