झन्नै अढाइ महिनाको अस्पताल बसाइपछि तत्कालीन् नेकपा (एमाले)का बरिष्ठ नेता स्वदेश फर्किएका छन् । एमालेको नेता हुँदा मृगौला उपचारको लागि भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पताल गएका खनाल नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता बनेर स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकमीहरु माझ नाफाको जिन्दगी लिएर फर्किएको बताएका नेता खनालले भने – ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने, ‘दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु ।’
उनले आफु ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गरे । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ ।
उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए । ‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’





















प्रतिक्रिया