आफैंले प्रतिवन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाए लगत्तै प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि सरकारसँग वार्ता गर्न दुई गठन गरेको छ । विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरेको हो
देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्ता गर्ने विप्लवले बताएका छन् ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोली सदस्य रहेका छन् ।
हतियार व्यवस्थापन र मुद्दा फिर्ता लिने विषयमा वार्ताबाटै समाधान खोजिने सरकारका प्रवक्ता पार्वत गुरुङले बताएका छन् ।
प्रतिक्रिया