Logo

राजनीति

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो



सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ-आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् ।

यसबारे विस्तृत विवरण आइसकेको छैन । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए । 

 

प्रकाशित मिति : फाल्गुन १८, २०७७ बुधबार  ११ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।