नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस मूल्य, मान्यता छोडेर सत्ताको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । आफ्नै निवासमा कार्यकर्ताहरुसंगको छलफलमा उनले कांग्रेसका लागि सत्ता र शक्ति प्राथमिकतामा पर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
उनले मूल्य र मान्यताको राजनीति गर्ने कार्यकर्ता उपहासको पात्र बन्ने गरेको भन्दै विधि प्रक्रियाबाट पार्टी सञ्चालन गर्नु अहिलेको चुनौती रहेको बताए । ‘देशमा बामपन्थीको जगजगी चलेको छ । यस समयमा लोकतान्त्रिक शासन व्यवस्था जोगाउन कांग्रेसको अग्रसरता जरुरी छ ।’ सिंहले थपे– ‘विकसित घटनाक्रमलाई कांग्रेसले शुक्ष्म ढंगले हेरिरहेको छ । कांग्रेस उचित समयमा उचित निर्णय गर्छ ।
प्रतिक्रिया