Logo

राजनीति

अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष थापाको ध्यानाकर्षण



राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई अविलम्ब फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

अध्यक्ष थापाले ट्विट मार्फत भनेका छन्, हुम्ला जिल्ला,नाम्खा गाउँपालिकाको नेपाली भूमी चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ।यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै उनले अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्री ओलीलाई ट्विट मेन्सन गर्दै  ध्यानाकर्षण गरेका छन् । 

अध्यक्ष थापाले चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नु पर्नेमा समेत जोड दिएका छन् । सरकार संबिधानरकानुन अनुसार चल्नुपर्छ।सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारीरसंबैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादीरकम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ।प्रजातन्त्रमा हुंदैन भन्दै कम्युनिष्ट सरकारको आलोचना समेत गरेका छन् ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  १२ : ४२ बजे