Logo

राजनीति

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी



पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक जारी छ ।  जनसंगठनको कार्यालय, पेरिसडाँडामा बैठक चलिरहेको छ ।

आगामी १९ फागुनको दिउँसो १ बजेका लागि पेरिसडाँडामै आह्वान गरिएको पार्टी केन्द्रीय कमिटीको बैठकमा पेश हुने प्रस्तावलाई पूर्ण रुप दिनको लागि स्थायी कमिटीको बैठक बसेको हो ।

 ‘बैठकमा आगामी रणनीतिबारे नै छलफल भइरहेको हो,’  ‘केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत एजेण्डाबारे नै खास छलफल भएको हो कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताएकी छिन् ।

यो समूहले निर्वाचन आयोग पनि चाँडै निर्णयमा पुग्नुपर्ने बताइरहेको छ । गत २० माघमा आफ्नो दाबी प्रस्तुत गरेको यो समूहले पुनः ताकेता गर्ने बताएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।