संसद बैठक सुरू हुन केही दिन बाँकी रहँदा सभामुख अग्नीप्रसाद सापकोटासहित नेता तथा सांसदहरूले कोरोना विरूद्धको खोप लगाएका छन् ।
संघीय संसद भवन अगाडि रहेको सिभिल अस्पतालमा गएर नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल लगायत सांसदहरूले खोप लगाएका छन् ।
फागुन २३ गते संसद बैठक बोलाएपछि सासंद देखि अन्य विशिष्ठ नेताहरुले खोप लगाउन थालेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कोरोना खोप लगाउने समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैगरी २० गते संघीय संसद सचिवालयका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई खोप लगाउने तय भएको छ ।यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ । सर्वोच्चको आदेशपछि यही फागुन २३ गते संसद बैठक आब्हान गरिएको छ ।
प्रतिक्रिया