प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतबीच सवाल जवाफ भएको छ । बस्नेतले जितेको निर्वाचन जितेका क्षेत्रमै गएर देउवाले बस्नेतलाई निशाना बनाएपछि तत्कालै बस्नेतले पनि त्यसको जवाफ फर्काएका हुन् ।
केही साता पहिले बस्नेतले आफूले देउवालाई सजिलै हराउन सक्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा शुक्रबार देउवाले भक्तपुरका जिल्ला सभापति समेत रहेका दुर्लभकुमार थापालाई पहिले हराएर देखाउन चुनौती दिएका थिए ।
काँग्रेसको वडा अधिवेशन उद्घाटनका क्रममा देउवाले चुनौती दिएपछि त्यसको केही बेरमै सुर्य विनायक नगरपालिकामा आयोजित नगरस्तरीय बैठकलाई सम्बोधन गर्दै बस्नेतले देउवाको चुनौतीको जवाफ दिएका छन् । बस्नेतले देउवाको चुनौतीको सामना गर्ने र थापालाई हराउनको लागि आफूले जिम्मा नै लिने बताएका थिए ।
नेपालको राजनीतिमा एकले अर्काका विरुद्ध यस्ता गाली गलोजका शब्द बोल्ने नेताहरुको बानीले राजीतिलाई नै प्रदुशित बनाई रहेको चर्चा चल्ने गर्छ । तर नेताहरुले त्यसको ख्याल नगरी सवाल जवाफ गर्ने गरेका छन् ।





















प्रतिक्रिया