Logo

राजनीति

ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपाल समूहको निर्णय



प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ।

बुधबार पेरिसडाडामा बसेको स्थायी कमिटी बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।

पार्टीको गतिविधिभन्दा बाहिर रहेर काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको पार्टीका नेता लीलामणि पोखरेलले जानकारी दिए।

आजकै बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालगायतका नेताहरुलाई केन्द्रीय सदस्यबाट समेत निष्काशन गरेको छ ।

 

 

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ४ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।