राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो गृह जिल्ला मकवानपुर पुगेर नयाँ राजनीतिक प्रस्ताव गरेका छन् । उनले जनताका छोराछोरीको हातमा शासन सत्ता र राजालाई राजसंस्थाको रुपमा स्विकार गरी अभिभावक बनाउनु पर्ने पस्ताव गरेका हुन् ।
मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) को मनहरीमा खोलिएको पार्टी कार्यालयको उद्घाटन गर्दै थापाले अब शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बेला आएको बताए । उनले भने–‘परिवर्तित प्रणालीमा जनताका छोराछोरीले शासन चलाउने र राजसंस्थालाई अभिभावकको भूमिका दिनुपर्छ ।’
थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको भन्दै धर्मनिरपेक्षता र संघीयता खारेज गर्दै निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताए । उनले महालेखा परीक्षकको प्रतिवेदनले मुलुकमा ब्रम्हलुटको अवस्था देखाएको भन्दै करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ मात्रै केन्द्रीत भएको बताए ।





















प्रतिक्रिया