Logo

राजनीति

जिम्मेवारीबाट भाग्दिनँ, आइपरे प्रधानमन्त्री बन्छु : सभापति देउवा 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । आफूले प्रधानमन्त्री पद नमागेको तर जिम्मेवारी आए त्यसबाट नभाग्ने उनको भनाइ थियो। देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’ उनले प्रधानमन्त्रीका लागि मरिमेट्न वा भाग्न नहुने बताउँदै भने–‘‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ।’

 

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ५ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।