Logo

राजनीति

एमसीसीविरुद्ध तात्यो जनमोर्चा, २२ गते देशव्यापी विरोध प्रदर्शन गर्ने



राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने अडान राख्दै भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको हो ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयता एमसीसीलाई पारित गराउने चलखेल हुन थालेको बताएका छन् ।

उनले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ।’

जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १५:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।