Logo

प्रमुख समाचार

ओली अहंकारको परिणाम, केन्द्र सहित देशव्यापी सरकारमा रहेको एमाले यसरी आयो सडकमा



‘लाटो लड्छ एक बल्ड्याङ, बाढो लड्छ तीन बल्ड्याङ’ भन्ने नेपाली भनाइ नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हकमा पनि लागू भएको अवस्था छ ।

ओलीले आफूलाई एकमात्र नेपाली राजनीतिज्ञ, चतूर खेलाडी भन्ने छाप छोड्न खोजे पनि अन्ततः उनको क्रियाकलापले उनलाई माथिको उखानको ‘बाठो’ मा परिणत गरिदिएको छ ।

ओलीले पदमा रहँदा अनेक तिकडम गरी आफूइतरका सबै नेता कार्यकर्ता तथा अन्य राजनीतिक दललाई कुनै वास्ता नगर्ने स्वभाव देखाएका थिए ।

अरुलाई सर्वत्र पछारेँ भन्ने सोचेका ओली अन्ततः आफैं सर्वत्र पछारिन पुगेका छन् । एमाले र नेकपा ९माओवादी केन्द्र० का बीचमा एकीकरण गरी नेकपा बनाएको अवस्थामा ओली इतिहासमै नेपालको शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित हुन पुगेका थिए ।

ओलीको अहंकारी स्वभावका कारण नेकपा भित्र समस्या उत्पन्न पुगेको थियो । एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएपछिको नेकपा नेपालको करिब दुई तिहाई सांसद भएको अवस्थामा पुगेको थियो ।

नेकपाको उक्त शक्तिलाई ओलीले दुरुपयोग गर्दा नेकपाकै शीर्ष नेताहरु नै समस्यामा पर्न थालेका थिए । ओलीको एकोहोरो पेलानमा परेका ती नेता–कार्यकर्ताहरुले आफ्नो अस्तित्व रक्षाको लागि पनि ओलीसँग आफ्नै दलभित्र अन्तरसंघर्ष गर्नुपरेको थियो ।

उनीहरुका बीचको अन्तरद्वन्द्वको अवस्थामा सर्वोच्च अदालतको एक फैसलाका कारण नेकपालाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मा पूर्ववत् अवस्थामा जानका लागि बाटो खोलि दिएको थियो ।

दलभित्रको अन्तरद्वन्द्वको कारण समस्यामा पर्दै आएका ओलीले यसलाई अवसरको रुपमा लिए । उनले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा पु¥याउने गरी अदालतको फैसला आएकोमा रमाउँदै देशैभरी अधिकांश ठाउँहरुमा हतार हतार नेकपाको बोर्ड हटाउन लगाएर नेकपा ९एमाले० को बोर्ड लगाउन खटाएका थिए ।

ओलीको यो शैलीलाई एमालेकै कतिपय नेताहरुले समेत रुचाएनन् । माओवादी केन्द्रलाई अलग बनाएको अवस्थामा एमाले भित्र फेरि पनि शक्तिशाली अवस्थामा पुगेका ओलीले तात्कालीन नेकपामा हुँदाको अन्तरद्वन्द्वका नेताहरुलाई एमालेमा स्थान नदिने निर्णय गर्न पुगे ।

उनले एमालेका संस्थापक नेताहरु जो पूर्व प्रधानमन्त्रीको रुपमा समेत रहिसकेका व्यक्तिहरु हुन्, उनीहरुलाई एमालेमा निषेध गर्ने गरी आपूmलाई एकमात्र शक्तिशाली अध्यक्षको रुपमा रुपान्तरण गर्ने प्रयास गरे ।

उनले दलको सबै शक्ति आफैंमा केन्द्रित गरी आपूmइतरका नेताहरुलाई पेल्ने कार्यलाई जारी राखे । कहिले कारबाहीको कार्य त कहिले सांसदबाट निष्काशनको कार्यलाई निरन्तरता दिने कार्य ओलीले गर्न थाले ।

यस्तो अवस्थामा ओलीको अहंकारी शैलीबाट आजित भएका नेकपा ९एमाले० का पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन गर्नैपर्ने बाध्यता बन्न पुग्यो ।

माओवादी केन्द्रलाई ठेगान लगाउने नाममा ओलीले आफ्नैहरुलाई पराइ सम्झन पुग्दा खनाल–नेपालले नेता नेपालको अध्यक्षतामा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नुपर्ने अवस्था आउन पुग्यो ।

खनाल–नेपाल पक्षमा रहेका केन्द्रीय स्तरका १० जना नेताहरु ओलीको भ्रममा परी एमालेमै बस्ने अवस्थामा पुग्दा खनाल–नेपाल पक्षलाई नयाँ दल दर्ताको लागि समस्या परेको थियो ।

यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएर उनीहरुलाई सहज बनाइदिएका थिए । यसरी जन्मिएको नेकपा (एकीकृत समाजवादी) लाई ओलीलाई ‘रुखबाट केही पातहरु झरेको’ भन्ने संज्ञा दिए पनि ती पातहरुकै कारण ओलीको एमाले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको छ ।

ओली स्वयम् प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पुगेका छन् । ओलीले आपूm बाहेक कोही पनि प्रधानमन्त्री बन्न पाउने छैन भन्ने जस्तो व्यवहार देखाइरहेको अवस्थामा अन्य नेताहरुले अर्को समीकरण बनाएर उनलाई पदच्युत गरिदिएका छन् ।

प्रधानमन्त्रीबाट प्रतिपक्षमा पुगेका ओलीको अहंकारकै कारण प्रदेशहरुमा समेत एमाले नेतृत्वको सरकार ढल्न पुगेका छन् । सातवटा प्रदेशमध्ये तात्कालीन नेकपाले छवटा प्रदेशमा सरकार बनाएको थियो । पछि विभाजित भएको अवस्थामा पनि एमालेका चारवटामा प्रदेशमा सरकार कायम थिए ।

ओलीको अहंकारका कारण ती प्रदेशमा समेत एमालेको सरकार हल्लिन पुगेको छ । गण्डकी र लुम्विनी प्रदेशमा ओलीका हस्तीहरुले मुख्यमन्त्रीबाट राजीनामा गर्नुपर्ने अवस्था आयो । गण्डकीमा पृथ्वी सुव्वा गुरुङले सरकार टिकाउन अनेक प्रयास गरेका थिए तर उनी सफल भएनन् ।

यसैगरी लुम्विनीमा त मुख्यमन्त्री शंकर पोखरेलले ओलीकै जस्तो अनेक जालझेल गरे पनि उनी टिक्न सकेनन् । अल्पमतमा परेपछि उनले राजीनमा गर्न बाध्य भएका थिए ।

ओली निकटका मुख्यमन्त्रीको रुपमा प्रदेश नं।१ मा शेरधन राई तथा बागमती प्रदेशमा डोरमणि पौडेल रहेका थिए । उनीहरुले पनि टिक्नका लागि विभिन्न प्रयास जारी नै राखेका थिए ।

ती प्रदेशमा एमालेको एकलौटी सरकार बनेको अवस्थामा उनीहरुले सरकारबाट च्युत हुन नपर्ने सोचका साथ अनेक गतिविधि गर्दै आएका थिए । यसैबीचमा एमाले भित्रको अन्तरद्वन्द्वका कारण समस्या पर्दै आएको थियो ।

ओलीले उनीहरुलाई हटाएर खनाल–नेपाल पक्षमा रहेका लोभी स्वभावका भीमप्रसाद आचार्य र अष्टलक्ष्मी शाक्यलाई क्रमशः प्रदेश नं।१ र बागमती प्रदेशमा मुख्यमन्त्री बनाएर खनाल–नेपाल पक्षलाई समस्यामा पार्ने प्रयास गरेका छन् ।

ओलीको यो अस्त्र पनि काम नलाग्ने अवस्थामा पुगेको छ । ओलीले उनीहरुलाई मुख्यमन्त्री बनाए पनि उनीहरुको पद तीन हप्ता पनि टिक्न नसक्ने अवस्थामा पुगेको छ । दुवै प्रदेशहरुमा एमालेका प्रदेश सांसदहरु उनीहरुलाई अल्पमतमा पर्ने गरी एकीकृत समाजवादीमा गएका छन् ।

अझै पनि जान पाउने समय रहेका कारण उनीहरुको संख्या थपिने संभावना रहेको छ भने ती मुख्यमन्त्रीहरुको पदको खतराको घण्टी बजिसकेको छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा समेत एमालेबाट ए।समाजवादीमा जानेहरुको संख्या बढ्दै गएका कारण ती प्रदेशमा समेत ओलीको अहंकार ढल्न पुगेको छ । नयाँ विमर्शमा यो समाचार छ ।

यसैगरी २ नं। प्रदेशमा एमालेमा भन्दा ए।समाजवादीमा जान चाहने सांसदहरुको संख्या दिनानुदिन बढ्दै गएका कारण ओली झनै समस्यामा परेका छन् । उनले प्रदेश सरकार टिकाउन अनेक प्रयास गरेका छन् ।

ती मुख्यमन्त्रीहरुमार्फत उनले ए।समाजवादीमा जाने सांसदहरुलाई रोक्न मन्त्री पदको प्रलोभन दिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

त्यहाँका सरकारहरु पनि ढल्ने अवस्थामा पुगेका छन् । त्यहाँ सरकार ढालेर ए।समाजवादीले सरकारको नेतृत्व गर्ने संभावना प्रवल बनेको छ ।

ओलीको अहंकार तथा निरंकुश शैलीका कारण उनी आफैं ‘ठिक्क परो मंगले, आफ्नै ढंगले’ को अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १८:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।