‘लाटो लड्छ एक बल्ड्याङ, बाढो लड्छ तीन बल्ड्याङ’ भन्ने नेपाली भनाइ नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हकमा पनि लागू भएको अवस्था छ ।
ओलीले आफूलाई एकमात्र नेपाली राजनीतिज्ञ, चतूर खेलाडी भन्ने छाप छोड्न खोजे पनि अन्ततः उनको क्रियाकलापले उनलाई माथिको उखानको ‘बाठो’ मा परिणत गरिदिएको छ ।
ओलीले पदमा रहँदा अनेक तिकडम गरी आफूइतरका सबै नेता कार्यकर्ता तथा अन्य राजनीतिक दललाई कुनै वास्ता नगर्ने स्वभाव देखाएका थिए ।
अरुलाई सर्वत्र पछारेँ भन्ने सोचेका ओली अन्ततः आफैं सर्वत्र पछारिन पुगेका छन् । एमाले र नेकपा ९माओवादी केन्द्र० का बीचमा एकीकरण गरी नेकपा बनाएको अवस्थामा ओली इतिहासमै नेपालको शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित हुन पुगेका थिए ।
ओलीको अहंकारी स्वभावका कारण नेकपा भित्र समस्या उत्पन्न पुगेको थियो । एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएपछिको नेकपा नेपालको करिब दुई तिहाई सांसद भएको अवस्थामा पुगेको थियो ।
नेकपाको उक्त शक्तिलाई ओलीले दुरुपयोग गर्दा नेकपाकै शीर्ष नेताहरु नै समस्यामा पर्न थालेका थिए । ओलीको एकोहोरो पेलानमा परेका ती नेता–कार्यकर्ताहरुले आफ्नो अस्तित्व रक्षाको लागि पनि ओलीसँग आफ्नै दलभित्र अन्तरसंघर्ष गर्नुपरेको थियो ।
उनीहरुका बीचको अन्तरद्वन्द्वको अवस्थामा सर्वोच्च अदालतको एक फैसलाका कारण नेकपालाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मा पूर्ववत् अवस्थामा जानका लागि बाटो खोलि दिएको थियो ।
दलभित्रको अन्तरद्वन्द्वको कारण समस्यामा पर्दै आएका ओलीले यसलाई अवसरको रुपमा लिए । उनले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा पु¥याउने गरी अदालतको फैसला आएकोमा रमाउँदै देशैभरी अधिकांश ठाउँहरुमा हतार हतार नेकपाको बोर्ड हटाउन लगाएर नेकपा ९एमाले० को बोर्ड लगाउन खटाएका थिए ।
ओलीको यो शैलीलाई एमालेकै कतिपय नेताहरुले समेत रुचाएनन् । माओवादी केन्द्रलाई अलग बनाएको अवस्थामा एमाले भित्र फेरि पनि शक्तिशाली अवस्थामा पुगेका ओलीले तात्कालीन नेकपामा हुँदाको अन्तरद्वन्द्वका नेताहरुलाई एमालेमा स्थान नदिने निर्णय गर्न पुगे ।
उनले एमालेका संस्थापक नेताहरु जो पूर्व प्रधानमन्त्रीको रुपमा समेत रहिसकेका व्यक्तिहरु हुन्, उनीहरुलाई एमालेमा निषेध गर्ने गरी आपूmलाई एकमात्र शक्तिशाली अध्यक्षको रुपमा रुपान्तरण गर्ने प्रयास गरे ।
उनले दलको सबै शक्ति आफैंमा केन्द्रित गरी आपूmइतरका नेताहरुलाई पेल्ने कार्यलाई जारी राखे । कहिले कारबाहीको कार्य त कहिले सांसदबाट निष्काशनको कार्यलाई निरन्तरता दिने कार्य ओलीले गर्न थाले ।
यस्तो अवस्थामा ओलीको अहंकारी शैलीबाट आजित भएका नेकपा ९एमाले० का पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन गर्नैपर्ने बाध्यता बन्न पुग्यो ।
माओवादी केन्द्रलाई ठेगान लगाउने नाममा ओलीले आफ्नैहरुलाई पराइ सम्झन पुग्दा खनाल–नेपालले नेता नेपालको अध्यक्षतामा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नुपर्ने अवस्था आउन पुग्यो ।
खनाल–नेपाल पक्षमा रहेका केन्द्रीय स्तरका १० जना नेताहरु ओलीको भ्रममा परी एमालेमै बस्ने अवस्थामा पुग्दा खनाल–नेपाल पक्षलाई नयाँ दल दर्ताको लागि समस्या परेको थियो ।
यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएर उनीहरुलाई सहज बनाइदिएका थिए । यसरी जन्मिएको नेकपा (एकीकृत समाजवादी) लाई ओलीलाई ‘रुखबाट केही पातहरु झरेको’ भन्ने संज्ञा दिए पनि ती पातहरुकै कारण ओलीको एमाले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको छ ।
ओली स्वयम् प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पुगेका छन् । ओलीले आपूm बाहेक कोही पनि प्रधानमन्त्री बन्न पाउने छैन भन्ने जस्तो व्यवहार देखाइरहेको अवस्थामा अन्य नेताहरुले अर्को समीकरण बनाएर उनलाई पदच्युत गरिदिएका छन् ।
प्रधानमन्त्रीबाट प्रतिपक्षमा पुगेका ओलीको अहंकारकै कारण प्रदेशहरुमा समेत एमाले नेतृत्वको सरकार ढल्न पुगेका छन् । सातवटा प्रदेशमध्ये तात्कालीन नेकपाले छवटा प्रदेशमा सरकार बनाएको थियो । पछि विभाजित भएको अवस्थामा पनि एमालेका चारवटामा प्रदेशमा सरकार कायम थिए ।
ओलीको अहंकारका कारण ती प्रदेशमा समेत एमालेको सरकार हल्लिन पुगेको छ । गण्डकी र लुम्विनी प्रदेशमा ओलीका हस्तीहरुले मुख्यमन्त्रीबाट राजीनामा गर्नुपर्ने अवस्था आयो । गण्डकीमा पृथ्वी सुव्वा गुरुङले सरकार टिकाउन अनेक प्रयास गरेका थिए तर उनी सफल भएनन् ।
यसैगरी लुम्विनीमा त मुख्यमन्त्री शंकर पोखरेलले ओलीकै जस्तो अनेक जालझेल गरे पनि उनी टिक्न सकेनन् । अल्पमतमा परेपछि उनले राजीनमा गर्न बाध्य भएका थिए ।
ओली निकटका मुख्यमन्त्रीको रुपमा प्रदेश नं।१ मा शेरधन राई तथा बागमती प्रदेशमा डोरमणि पौडेल रहेका थिए । उनीहरुले पनि टिक्नका लागि विभिन्न प्रयास जारी नै राखेका थिए ।
ती प्रदेशमा एमालेको एकलौटी सरकार बनेको अवस्थामा उनीहरुले सरकारबाट च्युत हुन नपर्ने सोचका साथ अनेक गतिविधि गर्दै आएका थिए । यसैबीचमा एमाले भित्रको अन्तरद्वन्द्वका कारण समस्या पर्दै आएको थियो ।
ओलीले उनीहरुलाई हटाएर खनाल–नेपाल पक्षमा रहेका लोभी स्वभावका भीमप्रसाद आचार्य र अष्टलक्ष्मी शाक्यलाई क्रमशः प्रदेश नं।१ र बागमती प्रदेशमा मुख्यमन्त्री बनाएर खनाल–नेपाल पक्षलाई समस्यामा पार्ने प्रयास गरेका छन् ।
ओलीको यो अस्त्र पनि काम नलाग्ने अवस्थामा पुगेको छ । ओलीले उनीहरुलाई मुख्यमन्त्री बनाए पनि उनीहरुको पद तीन हप्ता पनि टिक्न नसक्ने अवस्थामा पुगेको छ । दुवै प्रदेशहरुमा एमालेका प्रदेश सांसदहरु उनीहरुलाई अल्पमतमा पर्ने गरी एकीकृत समाजवादीमा गएका छन् ।
अझै पनि जान पाउने समय रहेका कारण उनीहरुको संख्या थपिने संभावना रहेको छ भने ती मुख्यमन्त्रीहरुको पदको खतराको घण्टी बजिसकेको छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा समेत एमालेबाट ए।समाजवादीमा जानेहरुको संख्या बढ्दै गएका कारण ती प्रदेशमा समेत ओलीको अहंकार ढल्न पुगेको छ । नयाँ विमर्शमा यो समाचार छ ।
यसैगरी २ नं। प्रदेशमा एमालेमा भन्दा ए।समाजवादीमा जान चाहने सांसदहरुको संख्या दिनानुदिन बढ्दै गएका कारण ओली झनै समस्यामा परेका छन् । उनले प्रदेश सरकार टिकाउन अनेक प्रयास गरेका छन् ।
ती मुख्यमन्त्रीहरुमार्फत उनले ए।समाजवादीमा जाने सांसदहरुलाई रोक्न मन्त्री पदको प्रलोभन दिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
त्यहाँका सरकारहरु पनि ढल्ने अवस्थामा पुगेका छन् । त्यहाँ सरकार ढालेर ए।समाजवादीले सरकारको नेतृत्व गर्ने संभावना प्रवल बनेको छ ।
ओलीको अहंकार तथा निरंकुश शैलीका कारण उनी आफैं ‘ठिक्क परो मंगले, आफ्नै ढंगले’ को अवस्थामा पुगेका छन् ।





















प्रतिक्रिया