Logo

राजनीति

पृथ्वी नारायणको तस्वीर बाँडेर के सन्देश दिन खोज्दैछन् प्रदेश प्रमुख अहिराज 



प्रदेश नं. २ का नव नियुक्त प्रदेश प्रमुख डा. राजेश झाले लुम्बिनी प्रदेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर पृथ्वी नारायण शाहको तस्वीर हस्तान्तरण गरेका छन् । 

उनले अरु सबै प्रदेशमा पनि शाहको तस्वीर बुझउँने योजना बनाएका छन् । प्रमुख अहिराजको यो अभियानको बारेमा प्रदेश सचिव ध्रुव गैडासँग बुझ्दा प्रदेश प्रमुखको यो अभियानलाई सकारात्मक रुपमा लिनु पर्ने बताए । पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतीक भएकोले देशव्यापी रुपमा एकताको सन्देश जिउँदो राख्न यसरी तस्वीर बाँडेको बताए ।

राजेश झा राजेश अहिराजका नामले परिचित उनी पेशाले पत्रकार र मधेशबाट पृथक धारको बहस चलाउँदै आएका भित्र पर्छन् । मधेश केन्द्रीत दलका आलोचकका रुपमा पनि झा परिचित छन् । डा. राजेश झा प्रदेश नं. २ को प्रदेश प्रमुख बन्दा धेरैले अचम्म माने । अहिराज प्रधानमन्त्री ओलीको खेमामा लागे भनेर धेरैले लख काटे । तर अहिराजले पृथ्वी नारायण शाहको तस्वीरको अगाडि बसेर मात्र पदभार ग्रहण गरे ।

देहब्यापी रुपमा व्यवस्था परिवर्तनका लागि सडक आन्दोलन चलिरको बेला यहि  व्यवस्थाका स्वस्थ आलोचक झा प्रमुख हुनुले प्रधानमन्त्री स्वयम् व्यवस्था उल्टाउन लागे भन्ने धेरैको अनुमान रहेको छ । 

दलिय स्वार्थले देशको राष्ट्रिय एकता, भौगोलिक अखन्डता र देशको स्वतन्त्रता कमजोर बन्दै गइरहेको बेला राष्ट्रिय एकताका प्रतिक राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्वीर हरेक प्रदेश प्रमुखको कार्यकक्षमा हुनुलाई देशभत्त नेपाली नागरिकहरुले सकारात्मक शन्देसका रुपमा लिएका छन् ।  

Rajesh Ahiraj.jpg

 

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  १२ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।