Logo

प्रमुख समाचार

सांसद तामाङले पनि छाडिन ओलीको साथ



धनगढी । नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) छानेकी छन् । सुदूरपश्चिममा यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षको भनेर चिनिएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन्।

एमाले र माओवादीको एकतापछि बनेको नेकपा र एमालेको अनौपचारिक विभाजनका बेला उनी अध्यक्ष ओलीको पक्षमा उभिदै आएकी थिइन्। एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उनले विपक्षमा मतदान गरेकी थिइन्।

तत्कालीन समयमा ओलीको पक्षमा लाग्ने यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ भने प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १९:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।