Logo

प्रमुख समाचार

एमालेले भदौ २३ गते संसद् चल्न नदिने !



प्रतिपक्षमा रहेको दल नेकपा एमालेले भदौ २३ गते संसद् सञ्चालन गर्न नदिने तयारी गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर रुष्ट रहेको एमालेले अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन् । तर, प्रमुख प्रतिपक्षी एमालेले भने बैठक सहज रुपमा चल्न नदिने तयारी गरेको छ । त्यसको संकेत आज एमाले सांसद महेश बस्नेतको चेतावनीले देखाएको छ।

उनले प्रमुख प्रतिपक्षको भूमिका २३ गतेको संसद् बैठकमा देखाईदिने चेतावनी दिएका छन् । उनले आज काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले सभामुख सापकोटाको भूमिका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ताको जस्तो भएको भन्दै आलोचना गरे ।

उनले सभामुखले कुनै अमुक पार्टीको पक्ष लिएको पनि टिप्पणी गरे । खासगरी १४ सांसदलाई पदमुक्त गर्न सिफारिश गर्दापनि सभामुखले सोहीअनुसार कारबाही अघि नबढाएको भन्दै एमाले रुष्ट बन्दै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।