Logo

राजनीति

वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । उनले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।

बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याइने उल्लेख गरेको थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो ।

प्रमुख निर्वाचन आयुक्तसँग महेश बस्नेतको एक घण्टा एक्लाएक्लै भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता महेश बस्नेतले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेका छन् । नेकपाको दल विवाद कायमै रहेको बेला नेता बस्नेतले प्रमुख निर्वाचन आयुक्तसँग आज एक्लाएक्लै एक घण्टा भेटवार्ता गरेका हुन् ।

 भेटमा प्रमुख निर्वाचन आयुक्तले आफूहरुले विधि, विधान र निर्वाचन ऐन हेरेर नै नेकपाको विवाद हल गर्ने विश्वास दिलाएको बस्नेतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले फरक प्रसँगमा अहिले नेकपाको दुवै पक्षमा ८५र८५ जना सांसद रहेको र ७ जना तटस्थ रहेको जानकारी दिए । तर, आफूहरु संसदीय दलमा बहुमत पुर्याउन लागेको बस्नेतले जनाए । यसअघि पनि बस्नेतले आफूहरुसँग ९२ जना सांसद पुग्ने दाबी गरेका थिए । क्लबको साक्षात्कारमा बस्नेतले ९२ जना सांसद पुगिसकेको दाबी गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ४ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।